दफा १७
प्रदूषण नियन्त्रण खर्च
(१) कुनै व्यक्तिले कुनै आय वर्षमा कुनै व्यवसायबाट भएको आय गणना गर्ने प्रयोजनको लागि सो वर्षमा सो व्यवसाय सञ्चालन गर्ने कार्यमा खर्च गरेको हद सम्मको प्रदूषण नियन्त्रण खर्च कट्टी गर्न पाउनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै आय वर्षमा सो उपदफा बमोजिम कट्टा गर्न पाउने खर्चको सीमा गणना गर्दा त्यस्तो व्यक्तिबाट सञ्चालित सबै व्यवसायको समायोजित करयोग्य आयको पचास प्रतिशतभन्दा बढी हुने छैन ।

(३) उपदफा (२) मा उल्लिखित सीमाभन्दा बढी क्ट्री गर्न नपाइने अधिक खर्च वा सोको भागलाई ०आगामी आय वर्षको शुरुमा पूँजीकरण गरी अनुसूची-२ बमोजिम ह्वास कट्टी गर्न सक्नेछ । स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “प्रदूषण नियन्त्रण खर्च” भन्नाले प्रदूषण नियन्त्रण गर्ने वा अन्य रुपमा वातावरण संरक्षण गर्ने वा जोगाई राखे उद्देश्यको लागि कुनै प्रक्रियासँग सम्बन्धित कुनै व्यक्तिबाट गरिएको खर्च सम्झनु पर्छ ।